धनुषा–३ (१) मा कांग्रेस उम्मेदवार यादव निर्वाचित
काठमाडौँ ।धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित हुनुभएको छ ।
उहाँले १७ हजार २९ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिनुभयो ।
यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा हुनुहुन्छ । उहाँले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्