तपाईँ सुन्दै हुनुहुन्छः

धादिङ क्षेत्र २ प्रदेश (क) मा कांग्रेसका लम्साल विजयी

धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द लम्साल विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी हुनुभएको हो ।

लम्साल माओवादी केन्द्र, नेकपा (एस) र कांग्रेसको साझा उम्मेदवार हुनुभएको थियो । अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।

यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मतमध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गर्नुभयो । त्यस्तै, अधिकारीले १६ हजार ४ सय २२ मत पाउनुभयो । प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

प्रदेश सभामा उम्मेदवार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाउनु भयो । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button