पर्सा ४ को ख बाट जसपाका कलवार विजयी
वीरगन्ज । प्रदेश सभातर्फ पर्सामा जनता समाजवादी पार्टी जसपाले खाता खोलेको छ । पर्सा क्षेत्र नम्बर ४ को ख बाट जसपाका नेता सिंहासन साह कलवार २७४४ मतअन्तरले निर्वाचित हुनुभएको हो ।
कलवारले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।
कलवार दोस्रो कार्यकालको लागि पुनः जसपाबाट निर्वाचित हुनुभएको हो । यस अघि पनि उहाँ प्रदेश सभा सदस्यमा विजयी बन्नुभएको थियो ।
कलवारले १५३८५ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी प्रह्लाद साह कानुले १२६४१. मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा ३२५९३ मत खसेकोमा ८७६ मत बदर भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्