तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

सुनसरी I सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उहाँले मतदान गर्नुभएको हो । 

नेपाली कांग्रेसका नेता कार्की विसं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button