गठबन्धन दलहरु वीचको एकता लामो समय रहन्छ : प्रचण्ड
गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धन दलहरु वीचको एकता लामो समय सम्म रहने बताउनुभएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहनुभएका प्रचण्डले आज विहान महेन्द्रमावि कुन्दुर मतदान केन्द्र अवलोकनको क्रममा सो कुरा बताउनुभएको छ ।
“निर्वाचन पछि गठबन्धन दलहरुले सरकार निर्माण गर्छ र यो गठबन्धन दिगो शान्ति र आर्थिक समृद्धिका लागि लामो समय सम्म कायमै रहन्छ, उहाँले भन्नुभयो ।”
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्र अवलोकन लागि गोरखा आइपुग्नु भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता राजकुमार कोइरालाले बताउनुभयो । प्रचण्डले आज गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका लगायतका क्षेत्रका केही मतदान केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको कोइरालाको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्