तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा मिडिया डेस्क सहित मतगणना स्थलको तयारी

 पाँचथर I  पाँचथरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतगणना स्थल तयारी गरिएको छ ।
जिल्लाको मतगणना सदरमुकाम फिदिम स्थित समन्वय समितिको कभर्ड हलमा गरिने तयारी गरिएको छ । गणना स्थलमा तार जाली लगाइ  मिडिया डेस्क , सुरक्षा पोष्ट सहित आवश्यक संरचना बनाइएको छ । गणना स्थलमा सुरक्षाको प्रबन्ध मिलाउन सिसि क्यामेरा समेत जडान गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभातर्फ १ क्षेत्र र प्रदेश तर्फ २ क्षेत्र रहेको जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी सकिएको छ । प्रतिनिधि सभा तर्फ १५ जना , प्रदेश क्षेत्र नम्बर १ मा १० र क्षेत्र नम्बर २ मा ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button