तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा एक हजार बढी कर्मचारी खटिए

सोलुखुम्बु । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् ।

सोलुखुम्बुमा १२२ मतदान स्थल र १३५ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५०२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button