तपाईँ सुन्दै हुनुहुन्छः

सुलीचौरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरको  सेवा केन्द्र भन्ने ठाउँमा आज दिउसो साँढे ३ बजे गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
ब्रेक फेल भएको जिप सडकबाट झण्डै १०० मिटर तल खसेको छ । दुर्घटनामा २ पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा दाङ घोराही उपमहानगरपालिकाका ५८ वर्षीय विष्णु प्रसाद रिजाल र ६० वर्षीय नारायण प्रसाद रिजाल तथा दाङकी ५० वर्षीया फाम्सी के.सी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सुलीचौरबाट खटिएको प्रहरी र स्थानीयबाट १२ जना घाइतेको तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रवक्ता प्रकाश भुसालले बताउनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button