सिम्रौनगढ नगरपालिकाका कर्मचारी आन्दोलित
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरू आन्दोलित भएका छन् ।

असोज ३१ गते करार कर्मचारीको म्याद समाप्त भएको तथा कात्तिकदेखि कामकाज गर्न नपाउने सूचना आइतबार प्रकाशन भएपछि कर्मचारीहरूले नगरपालिकामा तालाबन्दी गरेको करार कर्मचारी संघका अध्यक्ष नितेश प्रसाद यादवले बताउनुभयो ।
नगर परिषद्ले कर्मचारी हटाउने निर्णय नगरे पनि नगर प्रमुखले कर्मचारी हटाएर चलखेल गर्न लागेकाले आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको यादवले बताउनुभयो ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले कर्मचारीका लागि छुट्टाइएको तीन करोड रकममध्ये दुई करोड रकम तीन महिनामा सकिन लागेकाले करारका कर्मचारीलाई तलब खुवाउन नसकिने भएपछि बाध्य भएर हटाइएको बताउनुभयो । सिम्रौनगढ नगरपालिकामा करार र ज्यालादारीमा कार्यरत २६४ जना कर्मचारी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्