तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु हिमालमा हिउँ पहिरो परी एक जनाको मृत्यु

गोरखा ।  मनास्लु हिमालको दुई नम्बर आधार शिविरमा हिउँ पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने  १६ जना पर्यटक घाइते भएका छन् । 

आज अहिले दिउँसो १ः०० बजेको समयमा आएको हिउँ पहिरोका कारण एक जना गाइडको मृत्यु भएको हो भने १६ जना पर्यटकहरू घाइते भएका हुन ।  

राई थरका एक जना गाइडको मृत्यु भएको तेस्रो आधार शिविरमा रहेका माइला गुरुङले पुष्टि गर्नुभएको छ  ।  “रेडियो सेटबाट पाएको जानकारी दिएको हुँ ,यहाँ मौसम अत्यन्त खराब छ १६ जना साथीहरूको अवस्थाबारे बेलुकासम्म जानकारी दिन्छु म घटनास्थलतर्फ जाँदै छु”, माइला गुरुङले भन्नुभयो । 

थप विवरण आउन बाँकी ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button