तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

सिन्धुपाल्चोक  । तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन्  

तातोपानी नाकाबाट आज एउटामा कच्चा उन र अर्कोमा हाइड्रो लगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो । 

मंगलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ । 

बुधबार भने कुनै पनि समान नआएको बास्तोलाले जानकारी दिनुभयो ।  

२०७२ सालको भूकम्पपछि यो नाका सहज सुचारु हुन सकेको छैन । भूकम्पअघि दैनिक करोडभन्दा बढी राजश्व तातोपानीबाट उठ्ने गरेको थियो । 

झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् ।

नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात् नाका खुलेको बताइएको छ । 

साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button