तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर एक जनाको मृत्यु  

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीस्थित जोगबुढा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ बडुवाल टोल बस्ने ५३ वर्षीय रङ्गलाल बादीको शनिबार जोगबुढा नदीमा डुबेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

नदीमा बगेर आएको दाउरा तान्ने क्रममा बादीको डुबेर मृत्यु भएको बताइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button