सार्वजनिक जग्गा भू माफियाले कब्जा गर्न थालेपछि स्थानीय आक्रोशित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाई स्थित रामजानकी मन्दिर परिसरसँगै जोडिएको सार्वजनिक २ बिगाहा २ कठ्ठा ऐलानी जमिन भू–माफियाहरूले नम्बरी बनाएर प्लटिङ गरी बिक्री गर्न थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
आज बिहान बसेको सर्वदलीय बैठकले सो जग्गा बिक्री वितरण गर्न नदिने निर्णय समेत गरेको छ ।
साबिक जग्गा २०२१ सालमा ऐलानी रहेको जग्गा कसरी नम्बरी भएको र क–कसको हात रहेको भनी उनीहरू विरुद्ध अख्तियार र मालपोत कार्यालयमा समेत छानविन गरी दोषी पत्ता लगाउन सङ्घर्ष समिति पनि गठन भएको जनाइएको छ ।
यति मात्र नभएर वीरगञ्जका धेरै ऐलानी जग्गा भू–माफियाहरूले नम्बरी बनाएर बिक्री वितरण समेत गरेको रहस्य विभिन्न पत्र पत्रिका र विद्युतीय सञ्चार माध्यमहरूले प्रकाशित गरी उनीहरूको पर्दाफास गरेर फिर्ता लिएको अवस्थामा राधेमाईको ४२ कठ्ठा जमिन पनि फिर्ता लिन श्रीपुर र राधेमाई टोलका स्थानीयहरू सक्रिय भएको राधेमाईका समाजसेवी विनोद प्रसाद महतोले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्