तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ– मुग्लिन सडक खण्डमा ट्रक र बुलेरो ठक्कर खाँदा दुई जना घाइते  

चितवन । नारायणगढ– मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रक र बुलेरो एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । 

भरतपुर महानगर –२९, भतेरी जङ्गलको ओरालोमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ख २२२० नं.को डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा १३ च २२८७ नं.को बुलेरो गाडी आज बिहान करिब ७ बजे एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घटनामा बुलेरो चालक धादिङ निलकण्ठ–७ बस्ने वर्ष १८ का समिर नेपालीको हात, खुट्टामा चोट र बुलेरोमा सवार  भारत मोतीहारी बस्ने वर्ष ४५ का दिलिप गुप्ताको निधार र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।  दुवै घाइतेको भरतपुर अस्पतालमा उपचार भई रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button