भारतीय जीपले ठक्कर दिँदा धनुषामा एक जनाको मृत्यु
जनकपुरधाम । धनुषामा भारतीय जीपले ठक्कर दिँदा एक व्यवसायीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नंं ६ ढल्केवरका वर्ष ४५ शिवलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गए राति १०ः०० बजे जनकपुर ढल्केबर सडक खण्डको मिथिला नगरपालिका नंं ६ स्थित ढल्केवरमा बिआर ०१ ए आर ९७७० नम्बरको भारतीय जीपले ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे ११ः३० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक यादव ढल्केवरस्थित दुर्गा मन्दिर नजिक २० औँ वर्षदेखि कपडाको व्यापार गर्दै आएका थिए ।
दुर्घटनामा संलग्न जीप र चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने वर्ष ३६ मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्