बेपत्ता बालकको शव भेटियो
सिन्धुपाल्चोक । हिजोदेखि बेपत्ता बालकको शव भेटिएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हाँडिखोलाले बुधवार एक स्थानीयलाई बगाएको थियो । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापका १२ वर्षका अनुज बस्नेतलाई खोलाले बगाएको थियो उनको शव आज हाँडिखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक भण्डारीले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजान समेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बहानामा बालबालिका तथा अन्य मानिसहरू खोलामा जाने गरेको भन्दै नजानका लागि आग्रह गर्नुभएका छ । शवलाई अहिले पोष्टमार्टमका लागि मेलम्ची ल्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्