तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वनमा १३ सय ५० वटा बिरुवा रोपियो

बारा । बाराको रामवन स्थित श्री जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा १३ सय ५० वटा बिरुवा रोपिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बारा अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३, ६ र ७ स्थित सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वृक्षारोपण गरिएको हो ।

विश्व जनसङ्ख्या दिवसको शुभ अवसरमा सो स्थानमा अनार, सरिफा, ईमली, मलेसियन साल, अर्जुन जडीबुटी लगायतको १३ सय ५० वटा बिरुवा रोपिएको हो ।

कार्यक्रममा सो समूहमा रहेका प्रति उपभोक्तालाई न्यूनतम तीन वटा बिरुवाका दरले वितरण समेत गरिएको श्री जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिकमोर दुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button