तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो

टीकापुर कैलाली।सरकारले कित्ताकाट रोकेपछि मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेको छ । आजभोलि कार्यालयमा नामसारी र रोक्काको काम मात्र हुने गरेकोले सेवाग्राहीको चाँप घटेको मालपोत कार्यालय टीकापुरका अधिकृत सर्वानन्द चपाइले बताउनु भयो ।

सेवाग्राहीको चाँप घट्दा मालपोत कार्यालयबाट सङ्कलन हुने राजश्वमा पनि कमी आएको छ । पहिले कित्ताकाट रोक्काअघि दैनिक २ लाख रुपैयाँ देखि १० लाखसम्म राजश्व सङ्कलन हुने गरेकोमा यतिखेर मुश्किलले एक लाखसम्म मात्र राजश्व सङ्कलन हुने गरेको छ ।

कित्ताकाट रोक्नु भन्दा पहिले दैनिक ४० देखि ५० लिखत पास हुने गरेकोमा अहिले दैनिक १० देखि १५ लिखत मात्र पास हुने गरेका अधिकृत चपाईले जानकारी दिनुभयो । मालपोत कार्यालय टीकापुरमा जेठ मसान्तसम्म २७ करोड, ११ लाख, ३० हजार राजश्व सङ्कलन भएको छ । सरकारले जेठ ३० गतेदेखि जग्गा कित्ताकाट बन्द गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button