‘सीमा समस्या समाधानका लागि राजनैतिक र कुटनैतिक प्रयास सुरु’
कमल पौडेल, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको एक इन्च पनि भूमि छोड्न नसकिने बताउनु भएको छ ।
बागलुङको बुर्तिवाङमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले नेपाल–भारत सीमा सम्बन्धी समस्या समाधान गर्न राजनैतिक र कुटनैतिक प्रयास सुरु गरिसकेको जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले ७० वर्षपछि नेपाली जनताले स्थिर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय अखण्डतालाई सरकारले कायम राख्ने विश्वास व्यक्त गर्नुहुँदै सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले विकासको जिम्मा सरकारलाई दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्