लिथुवेनियाद्वारा रुसी सहर क्यालिनिनग्राडबाट सामान आयात गर्न प्रतिबन्ध

काठमाडौं । युरोपेली मुलुक लिथुवेनियाले युरोपेली संघले रुस माथी गरेको व्यापारिक प्रतिबन्ध अन्तर्गत रुसी सहर क्यालिनिनग्राडबाट सामान आयात गर्न प्रतिबन्ध गरेको छ ।
उक्त प्रतिबन्धको प्रतिउत्तरमा रुसी विदेश मन्त्रीले रुसका लागी युरोपेलि संघका राजदूतलाई स्पष्टीकरणका लागी बोलाउनु भएको संचार माध्यम अलजजिराले जनाएको छ ।
पूर्वी युरोपेली मुलुक लिथुवेनियाले रुस युक्रेन युद्ध पश्चात् पनि रुसबाट सामान आयात गर्दै आइरहेको थियो ।
पूर्वी युरोपेली राष्ट्रहरूले रुसको सामान आयत नगर्नुले रुसलाई ठुलो व्यापारिक घाटा हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्