सोलुखुम्बुमा केही दिनदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
सोलुखुम्बु । सोलुखुम्बुमा केही दिनदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका छन् ।
घाम लागेको समयमा केही कम भए पनि मौसम झुम्मिएसँगै नेटवर्कको समस्या बढी देखिने गरेको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा देखिएको उक्त समस्या सोताङ, नेले, गोरा, टाप्टिङ लगायतका स्थानहरूमा पनि देखिएको प्रयोगकर्ताहरूको भनाइ छ ।
तर नेपाल टेलिकम शाखा कार्यालय सल्लेरी भने समस्याको विषयमा बेखबर देखिएको छ । जिल्लाको सोताङ क्षेत्रमा चट्याङका कारण ल्यान्डलाईन टेलिफोनमा खराबी आए पनि मोबाइल नेटवर्कमा आएको समस्याबारे जानकारी नरहेको सल्लेरी शाखाका प्रमुख महमद हकबर अलीले बताउनुभयो ।
प्राविधिकहरूसँगको समन्वयमा समस्या पहिचान गरी समाधान गरिने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्