तपाईँ सुन्दै हुनुहुन्छः

क्लासिक टेक प्रालि विरुद्ध उजुरी

सुनसरी । सुनसरीको दुहबी नगर क्षेत्रमा नेट सेवा प्रवाह गर्ने क्लासिक टेक प्रालि विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ ।

सेवाग्राही दुहबी टाईम्सका सञ्चालक आषिश कुमार यादवले क्लासिक टेक प्रालिले वार्षिक शुल्क एकमुस्ट लिएको तर हप्तौँ र महिनौँसम्म नेट सेवा अवरुद्ध भएकाले पत्रिका र अनलाइन तथा अन्य सेवा समेतमा असर गरेपछि एक महिनामा पाँच हजार बढी आर्थिक लगायत अन्य क्षति भएकाले क्षतिपूर्तिको माग गर्दै प्रालि विरुद्ध उजुरी गर्नुभएको हो ।

यादवले सर्वसाधारणलाई मात्रै नभई एउटा मिडिया समेतलाई ठगी गरेकाले हदैसम्मको कारबाही र ठगिएको रकम फिर्ताको समेत माग गर्नुभएको छ ।

इन्टरनेट सेवा प्रदायकमा क्लासिक टेकविरुद्ध सबैभन्दा बढी उजुरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा क्लासिक टेक प्रा.लि. विरुद्ध गत आर्थिक वर्ष सबैभन्दा बढी ५४ वटा उजुरी परेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस कम्पनीविरुद्ध मात्र ५ वटा उजुरी परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button