विराटनगर महानगरपालिकाको प्रमुखमा काँग्रेसको अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।
उहाँको प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्