तपाईँ सुन्दै हुनुहुन्छः

जाडो याम सुरु भएसँगै न्यानो कपडा वितरण

मेलम्ची – जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् ।

शुक्रबार बलेफी गाउँपालिका ४ स्थित करङगैरा आधारभुत बिद्यालयमा बिद्यार्थीहरुलाई न्यानोका लागि ट्रयाकसुट प्रदान गरिएको छ । सिन्धुपाल्चोकबाट राजधानी गई बसोबास गर्दै आएकाहरुले सञ्चालन गरेको मिसन सिन्धुपाल्चोक नामक अभियान अन्तर्गत करङगैरा आधारभुत बिद्यालयका एक सय ४० जना बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरियो ।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले एक कार्यक्रमबीच बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको हो ।अध्यक्ष क्षेत्रीसँगै ७ नम्बर वडाका वडाध्यक्ष कार्केल लामा र ८ का वडाध्यक्ष चरिबहादुर तामाङले न्यानो कपडा वितरण गर्नुभएको थियो ।

चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उद्देस्यले उनीहरुलाई न्यानो कपडा प्रदान गरिएको मिसन सिन्धुपाल्चोक अभियानका अभियन्ता रामकृष्ण पराजुलीले बताउनुभयो । जिल्लाका अन्य बिद्यालयहरुमा पनि यो अभियान लिएर जाने उहाँले बताउनुभयो ।
मिसन सिन्धुपाल्चोक अभियान अन्तर्गत शिक्षाविद् डाक्टर बिनोद नेपालले बिद्यालयमा न्यानो कपडा पु¥याउन सहजीकरण गर्नुभएको हो । शनिबार बलेफी गाउँपालिका ८ स्थित कालिदेवी आधारभुत बिद्यालयमा पनि न्यानो कपडा र झोला वितरण गरिएको छ ।

अभियन्ता राजु थापाको पहलकदमीमा कालीदेवीका ७६ जना बिद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरिएको हो । वडाध्यक्ष चरिबहादुर तामाङले बिद्यार्थीलाई न्यानो कपडा र झोला प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button