तपाईँ सुन्दै हुनुहुन्छः

मौन अवधिमा झन् गम्भीर बन्न काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ ।

file photo

पटक–पटक आग्रह गर्दा पनि पत्रकारिता जगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजेदेखि मौन अवधि हुने भएकाले ७२ घण्टासम्म अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो ।

मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोस्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न’ उक्त विज्ञप्तिमार्फत सजग गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button