नागरिकता र डाका मुद्दाका फरार दुई अभियुक्त पक्राउ

भद्रपुर, झापा । झापामा अभियोग पुष्टि भई फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड ५ का ४१ वर्षीय सुशान्त चौधरी भन्ने सुशान्त कर्मकार र बुद्ध शान्ति ७ का ३३ वर्षीय अन्जु तामाङ भन्ने अजय तामाङ रहेका छन् ।
झापा जिल्ला अदालतको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला सर्वोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसलाबमोजिम झुटा विवरण पेस गरी नागरिकता लिन खोजेको मुद्दामा कर्मकार फरार रहेका थिए । अदालतले उनलाई तीन वर्ष कैद सजाय तोकेको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो ।
त्यस्तै झापा जिल्ला अदालतको २०६८ माघ १५ गतेको फैसला बमोजिम डाका मुद्दामा फरार रहेका तामाङ बुधवार नै पक्राउ परेका छन् । उनलाई ६ वर्ष कैद र ३ हजार जरिवाना तोकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्