तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दिउँसो ३ बजेतिर भएको दुर्घटनामा मेलम्ची नगरपालिका–१२ फड्केश्वरमा काभ्रे मण्डन देउपुर नगरपालिका-६ का ४४ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।

बा ७४ प. ७४८२ नम्बर २२० सिसिको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने घटना स्थलबाट प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button