म्याक्रोन पुनः फ्रान्सका राष्ट्रपति निर्वाचित

पेरिस । इम्यानुुयल म्याक्रोन पुनः फ्रान्सका राष्ट्रपतिमा निर्वाचित हुनुु भएको छ ।
म्याक्रोनले आफ्ना प्रतिद्वन्द्वी मरिन ला पेनले प्राप्त गरेको ४१. ४५ प्रतिशतका विरुद्ध ५८.५५ प्रतिशत मत भार प्राप्त गरेर आगामी ५ वर्षका लागि फ्रान्सका राष्ट्रपतिमा पुन निर्वाचित हुनुभएको हो ।
निर्वाचित हुनुभएपछि फ्रान्सको राजधानी पेरिस स्थित प्रसिद्ध आइफल टावरको फेदबाट आफ्नो समर्थकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति म्याक्रोनले आफू सबै फ्रान्सेली जनताको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्