तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

गलकोट । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरू मतदाता रिझाउन र उम्मेदवार चयनलाई तीव्रता दिएका छन् । 

बिहीबार बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा १० पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनको काम पालिकाअनुसार गर्न थालिएको छ ।  

निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई निर्वाचनको तयारी, आपसी समन्वय र सहयोगको विषयमा छलफल थालिएको हो । 

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सबैको सहयोगका कारण बागलुङमा निर्वाचन शान्तिपूर्ण गराउन सफल भइने भन्दै सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार र कर्मचारीका बीच अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । 

“सबैको सहयोगमा मात्रै निर्वाचन शान्तिपूर्ण हुन्छ, सुरक्षाकर्मीले सुरक्षा दिने, पत्रकारले सही सूचना मागेर मात्रै समाचार लेखौँ”, उहाँले भन्नुभयो, “बागलुङमा सुरक्षा र कर्मचारी खटाउने विषयमा अन्तिम तयारी भइसकेको छ, हामी मनोनयन दर्ताको सबै तयारी पूरा गरिसकेका छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button