तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन ठगी गर्ने ३ जना पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनलाइन ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी रहेका खोका छाप्रा व्यवसायीहरूले सेवाग्राहीबाट पासपोर्ट फाराम भरे बापत चर्को रकम लिने गरेको सूचना पाएपछि तीन व्यवसायीलाई पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले सेवाग्राहीबाट पासपोर्ट फाराम भरे बापत १५ सय देखी ३ हजारसम्म लिने गरेको पाइएपछि नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button