तपाईँ सुन्दै हुनुहुन्छः

दुरा जातिको संस्कृति संरक्षण गर्नुपर्छ: मन्त्री श्रेष्ठ

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दुरा जातिको संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा आज आयोजित दुरा सेवा समाजको २९ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुरा जातिको संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले दुरा जातिहरूले आफ्नो भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधानले दुरा जातिका लागि अधिकार दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका संरक्षक वीरबहादुर दुरा, महासचिव बुद्धिबहादुर दुरा, नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती लगायतले दुराका हक अधिकारका बारेमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पाँच जिल्लाका दुरा सेवा समाजका सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button