देवघाटमा नुहाउने क्रममा एक युवक बेपत्ता
चितवन । देवघाट धामको वेणि सङ्गममा नुहाउने क्रममा एक युवा बेपत्ता भएका छन् ।
बिहीबार नयाँ वर्षको दिन दिउँसो १२ बजे भरतपुर- २१ का २१ वर्षीय साकार न्यौपाने नुहाउने क्रममा बेपत्ता भएका हुन ।
उनी परिवारसहित नुहाउन देवघाट पुगेका थिए । चितवनतर्फबाट नुहाउनका लागि उनी आफन्तसहित डुङ्गामा देवघाटको तनहुँतर्फ गएका थिए ।
बिहीबार दिनभर प्रहरीले बेपत्ता युवाको खोजी गरे पनि फेला नपारेको जनाएको छ । आज (शुक्रवार) पनि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्