अछामको साँफेबगरबाट टाइफाइड खोपको शुभारम्भ

अछाम । जिल्ला भित्रका सबै १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने अभियानको शुभारम्भ अछामको साँफेबगर नगरपालिकाबाट गरिएको छ ।
अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नगरपालिकाबाट अछाम जिल्लामा टाइफाइड खोपको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य कार्यालय अछामले स्वास्थ्य कार्यालय अछामले साँफेबगरमा रहेको किन्डर गार्डेन एकेडेमीबाट खोपको शुभारम्भ गरिएको जनाएको छ ।
नगरप्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक कुल बहादुर कुँवरको अध्यक्षतामा खोप कार्यक्रम शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी लगायतको सहभागिता रहेको थियो ।
टाइफाइड खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको जनाएको छ । ग्लोबल भ्याक्सिन अलायन्स गाभीको सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो ।
यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिए पनि अभियानका रूपमा भने पहिलो पटक खोप दिन लागिएको जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्