भोजपुरमा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन सुरु

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा आजबाट बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
भोजपुरमा जिल्ला खोप समन्वय समितिका सह संयोजक तथा जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खडका र प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभयो ।

भोजपुर जिल्लाका दुई नगरपालिका र ७ वटै गाउँपालिकामा खोप अभियान सञ्चालन भएको छ । जसका लागि जिल्लामा ३ सय ८१ वटा खोप केन्द्र निर्धारण गरिएको छ भने ३४ हजार ६ सय ७८ विद्यालय र विद्यालयभन्दा बाहिरका ७ हजार ६ सय ९० बालबालिका गरी ४४ हजार ६ सय ७९ जनालाई खोप लगाइने छ ।
१५ महिनादेखि १५ वर्षभन्दा कम उमेर बालबालिकाहरूका लागि टाइफाइड विरुद्धको खोप लगाइने छ ।








प्रतिक्रिया राख्नुहोस्