तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन र विकास सम्बन्धी अनुसन्धानात्मक पत्रकारिता तालिम

बारा । बाराको पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको तीन दिने पर्यटन र विकास  सम्बन्धी अनुसन्धानात्मक पत्रकारिता तालिमको आज समापन भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाको  सिमरामा आयोजना गरिएको पत्रकारिता तालिममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । 

प्रमुख प्रशिक्षक झाले दक्ष पत्रकारलाई जीवनयापन गर्ने प्रशस्त आधारहरू भएको बताउनुभयो । 

उहाँले नेपालका चर्चित सञ्चार गृहहरूले अहिले पनि दक्ष पत्रकारहरूको खोजी गरिरहेकाले पत्रकारहरूले आफ्नो पेसालाई लिएर संशकित हुने अवस्था नरहेको बताउनुभयो । 

उहाँले पत्रकारहरूले आफ्नो बिचार र भावनाभन्दा प्रमाण र  स्रोतले  पुष्टि हुने समाचार लेख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा जीतपुर सिमराका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले पत्रकारहरूले सत्य र तथ्यको आधारमा समाचार लेख्नुपर्नेमा जोड दिनुभयो । 

केही सञ्चार माध्यमले राम्रो कामलाई भन्दा नराम्रो कामलाई बढी प्राथमिकतामा राखेको प्रति आपत्ति जनाउनुहुँदै उहाँले पत्रकारहरूले नराम्रोको साथ साथै राम्रो विकास, निर्माणका  घट्नालाई  पनि बाहिर ल्याइदिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकामा प्रमुख प्रशासकीय अधिकृत पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू गुरुप्रसाद गौतम र  कमलकुमार उपाध्यायलाई मायाको चिनो प्रदान सम्मान गरिएको थियो ।  

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य डा.शोभाकर पराजुली, वरिष्ठ पत्रकार गोकुल गोरासाईनी, नेपाल पत्रकार महासङ्घका सह सचिव तथा तालिम संयोजक रञ्जन यादव, पर्यटन व्यवसायी  मोहन शर्मा लामिछाने, सिता अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button