चर्च ब्वाइज युनाईटेड ‘ए’ डिभिजन लिगमा बढुवा
काठमाडौँ । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मङ्गलवार बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो ।
यस जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अङ्क जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अङ्क जोडेको छ ।
चर्च ब्वाइज ‘बी’ लिग खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजले बिस २०७७ मा ‘सी’ डिभिजन लिग खेलेको थियो ।








प्रतिक्रिया राख्नुहोस्