तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष, धाँधलीरहित र स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउन आग्रह

काठमाडौँ । पूर्व सांसद मञ्च नेपालले स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्रता पूर्वक मतदान गर्ने वातावरण बनाउन सबै पक्षसँग आग्रह गरेको छ । 

पूर्व सांसद मञ्च नेपालले आज पत्रकार सम्मेलन गरेर वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन, अस्वाभाविक रुपमा भइरहेको मूल्य वृद्धि नियन्त्रण गर्न र अघोषित रुपमा भइरहेको लोडसेडिङ हटाउन सरकारको ध्यानाकर्षण गराएको हो । 

मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका बस्तुमा भएको अस्वाभाविक मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनुपर्ने बताउनुभयो । 

उहाँले संसद्को परामर्श दातृ अङ्गको रुपमा रहेको पूर्व सांसद मञ्चले सरकारलाई विभिन्न समयमा महत्त्वपूर्ण सुझाव दिँदै आए पनि त्यसलाई गम्भीरताका साथ नलिएको समेत धारण राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button