मोटरसाइकल एक–आपसमा ठोक्किँदा पर्सा दुई जनाको मृत्यु, तीन घाइते

बीरगंज । पर्साको पोखरीयामा आज दुई वटा मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
पोखरीया नगरपालिका वडा नम्बर ४स्थित नहरछेउको सडकमा आज बिहान १०ः०० बजे तीव्र गतिमा रहेका ना३प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पर्साको धोबीनी गाउँपालिका वडा नम्बर २ गुलरीया निवासी ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ एकडरवा निवासी २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रोजदिन मियाँ, सखुवा प्रसौनी प्रसौनी गाउँपालिका वडा नम्बर ५ एकडरवा निवासी रन्जित महतो र सोही स्थानका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्