तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले पर्सामा गठबन्धन नगरी एक्लै चुनाव लड्छ : जिल्ला प्रवक्ता पाण्डे 

वीरगंज । नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले नेपाली काँग्रेसले पर्सा जिल्लामा अन्य दलसँग गठबन्धन नगरी एक्लै स्थानीय तहको चुनावमा अगाडि बढ्ने बताउनु भएको छ । 

नेपाली कांग्रेस पर्साको सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पाण्डेले विगतमा काँग्रेसको गढ भनेर चिनिने पर्सामा अन्य दलसित सहकार्य गरी चुनावमा गए पार्टी नै सिद्धिने बताउनुभयो । 

केन्द्रिय कमिटीको निर्णय अनुसार आवश्यक परे सहकार्य गर्ने परिपत्र आएकोले पर्सामा त्यसको आवश्यकता नरहेको पाण्डेले बताउनु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले पर्सा जिल्लाका १४ स्थानीय तहहरूमा प्रतिनिधि छर्नौटको लागि प्रतिनिधि खटाएको र २० गतेसम्म चुनावमा जाने प्रतिनिधिहरूको नामावली छनौट गरी जिल्लामा पठाई सक्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

चैत्र १५ गते नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पाण्डेले जिल्ला कार्य सम्पादन समिति, जिल्ला संसदीय समिति, जिल्ला कार्य समितिको कोषाध्यक्षको पार्टीको विधान अनुसार सर्व सम्मत रुपमा चयन गरी अनुमोदन समेत गरेको जानकारी दिनुभयो । 

बैठकले जिल्ला कार्य सम्पादन समितिको पदेन सभापतिमा जनार्दन सिंह क्षेत्री, क्षेत्रिय उपसभापति राम नारायण कुर्मी, अशोक गुप्ता, सचिव ईम्तियाज आलम, दिनेश चौधरी, नवीन कुमार सिंह, मदन राउत अहिर र प्रेम बहादुर थापालाई चयन गरेको प्रवक्ता पाण्डेले बताउनुभयो । 

त्यसैगरी बैठकले जिल्ला सदस्यमा चन्द्रावती देवी, दोरिका महतो, जितेन्द्र पुरुष ढकाल, तुलसा राम चौधरी, राजेश्वर प्रसाद यादव, हिरा साह, ललन दुवेदी, सैलेन्लद्र यादव, फजिल मिया ,ढेडी यादव, किरण गुप्ता रमेश पाण्डे, सुरेन्द्र यादव, होम माया थापा र मोहन चौधरी थारुलाई मनोनयन गरेको छ । 

बैठकले जिल्ला संसदीय समितिमा पदेन सभापतिमा जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा ११ जनालाई मनोनयन गरेको छ भने कोषाध्यक्षमा प्रम बहादुर थापालाई मनोनीत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button