जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायव सुव्बा अख्तियारको नियन्त्रणमा

रुकुम – रुकुम पश्चिमका एक कर्मचारी सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायव सुव्बा रमेशकुमार खड्का रहेका छन ।
आयोगलेका प्रवक्ता प्रदिपकुमार कोईरालाले निकालेको प्रेस बिज्ञप्ती अनुसार अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए ।
घुस रकम बार्गेनिंग गरी अन्तिममा पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार सेवाग्राहीबाट पन्ध्र हजार घुसबापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगास्थत जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्