तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस र भारतको हरियाणा प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा

नेपालगन्ज । नेपालगन्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र भारतको हरियाणा स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुलिसले त्रिभुवन आर्मी क्लब र हरियाणाले न्यु डायमन्ड क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । सोमबार पुलिस र हरियाणा उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रधानमन्त्री कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताउनुभयो । प्रतियोगिता चैत १० गतदेखि सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button