‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार बुढाथोकी र साहलाई

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङले प्रत्येक बर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र प्रोत्साहन पुरस्कार–२०७८ बाट यस बर्ष गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासङ्घका अध्यक्ष सञ्जीव खनालको सभापतित्वमा आज बसेको बैठकले ५० हजार ५१ राशिको षष्टिका बस्नेत पुरस्कार बुढाथोकी र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार साहलाई दिने निर्णय गरेको हो ।
बुढाथोकी टक्सार म्यागजिनका प्रधान सम्पादक हुनुहुन्छ भने साह कान्तिपुर दैनिकका मोरङ सम्वाददाता हुनुहुन्छ ।
महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा यही चैत १६ गते विराटनगरमा उक्त पुरस्कार वितरण गरिने पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पि अधिकारीले जानकारी दिनुभयो ।
विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्व.षष्टिका बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरी सूचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियन्ता तथा पत्रकारको सम्मानका लागि उक्त पुरस्कारको स्थापना गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्