तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयमा चोरी 

पर्सा । पर्सा, बिन्दवासिनी गाउँपालिका–३ मा रहेको श्री राम स्वरूप रामपृत चौरसिया माध्यमिक विद्यालय झौवा गुठ्ठीमा शनिवार राति चोरी भएको छ। 

विद्यालयमा रहेको पाँच थान कम्प्युटर तथा त्यसमा लाग्ने अन्य उपकरण चोरी भएको प्रधानाध्यापक रामचन्द्र महतोले जानकारी दिनुभयो । वहाँले स्थानीय अमरपट्टि प्रहरी चौकीलाई यसबारेमा खबर गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button