माओवादीसँग तालमेल गर्न सबै पार्टीहरू आउनुपर्छ : प्रचण्ड

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने निर्वाचनमा गठबन्धन गर्न साथ खोज्दै अन्य राजनीतिक दल माओवादी केन्द्रमा आउने बताउनुभएको छ ।
प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष दाहालले १ महिनापछि अरू पार्टीहरू आफूहरूसँग आउने दाबी गर्नुभयो ।दाहालले स्थानीय तहको निर्वाचन तोकिएको समयमा नै हुने भएकाले कुनै द्विविधामा नबस्न समेत आग्रह गर्नुभयो ।
उहाँले चुनावमा गठबन्धन हुन्छ र चुनाव जितिन्छ भन्ने होइन भन्दै पहिला आफ्नो खुट्टामा उभिन जरुरी रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले देश ठूलो राजनीतिक दुर्घटनामा जाने हो कि भन्ने स्थिति देखापरेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने उपाय निकालिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्