तपाईँ सुन्दै हुनुहुन्छः

टुसाल यूथ क्लब र मध्यपुर यूथ एसोसिएसन बिचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा टुसाल यूथ क्लब र मध्यपुर यूथ एसोसिएसनले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा टुसाल र मध्यपुरले गोलरहित बराबरी खेलका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । यस बराबरीसँगै टुसालले ६ खेलमा ७ अङ्क जोडेको छ ।

मध्यपुरले ६ खेलमा ४ अङ्क जोडेको छ । लिगमा १४ क्लबले सिङ्गल राउन्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button