तपाईँ सुन्दै हुनुहुन्छः

लोक संस्कृतिको विकास र प्रवर्द्धनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिक लोक संस्कृतिको विकास र प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले आज काठमाडौँमा गरेको कलाकार सम्मान कार्यक्रममा उपराष्ट्रपति पुनले मौलिक संस्कृतिको उचित संरक्षण र प्रचार–प्रसार गर्न सके अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन सकिने बताउनुभयो ।

उपराष्ट्रपति पुनले आधुनिकता भित्र्याउने नाममा लोक सङ्गीतको मौलिकता हराउन सक्नेतर्फ समयमै ध्यान दिन कलाकारहरूलाई आग्रह गर्नुभयो । 

नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनमा सङ्गीत तथा कला क्षेत्रले महत्पूर्ण योगदान पुर्‍याएको बताउनुहुँदै उपराष्ट्रपति पुनले कलाकारहरू उचित सम्मानका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कलाकारहरू बमबहादुर कार्की, दुर्गा रायमाझी, स्वर्गीय जयानन्द लामा, रामजी खाँड लगायतलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button