तपाईँ सुन्दै हुनुहुन्छः

३ जना मोटरसाइकल चोर पक्राउ

बीरगंज । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तिन जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी २४ वर्षीय शुभम् शर्माको ना.४३ प. ३४४ नम्बरको मोटरसाइकल गत फागुन ७ गते घर नजिकै पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि पीडितले प्रहरीलाई दिएको उजुरीको आधारमा खोजी गर्दै जाँदा वीरगञ्ज महानगरपालिका–१६ निवासी २१ वर्षीय सञ्जय कुमार सर्राफको घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रहरीले मोटरसाइकल चोरीको घटनामा संलग्न बीरगंज महानगरपालिका–१६ निवासी २१ वर्षीय सञ्जय कुमार सर्राफ, बीरगंज महानगरपालिका–२ निवासी २० वर्षीय असफाल अली र २० वर्षीय चुनचुन बाबु राउतलाई पक्राउ गरी थप कारबाही अगाडी बढाइएको डिएसपी खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button