एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनका पाँच दल नै एमसीसीमा विभाजित भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन ।
सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी अहिलेको अवस्थामामा एमसीसी अगाडि बढाउन नहुने अडानमा छन् । एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा उत्रिसकेको छ ।
एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने तयारी गरिएपनि अन्तिम समयमा गठबन्धन दलमा कुरा नमिल्दा यो विषय थप पेचिलो बनेको थियो ।
आज दिउँसो १ बजे पनि प्रतिनिधिसभा बस्दैछ । प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्