तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा अपहरणकारीमाथि प्रहरीले गोली चलायो

काठमाडौँ । वीरगञ्जबाट एकजना अपरहणकारीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।बालक अपहरणकारीमाथि प्रहरीले गोली चलायो

गएराति राती १ बजेतिर पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा प्रहरीले अपहरणकारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको हो ।

दश दिनअघि बनेपाबाट अपहरण गरेर ल्याएको १४ वर्षीय बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button