निर्वाचन आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगले आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सभा निर्वाचन, २०७८ को परिणाम राष्ट्रपति समक्ष पेश गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।
साथै उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन, २०७८ को निर्वाचन परिणामको प्रतिवेदन समेत पेश गर्नु भएको हो ।









प्रतिक्रिया राख्नुहोस्